धरान : गरिमा डान्स सेन्टरद्वारा आयोजित चिल्ड्रेन ट्यालेन्ट हन्ट-४ नृत्य प्रतियोगिता विजेताको उपाधि सिनियरमा आयुषा राई र जुनियरमा पोङ्साम लिम्बुले प्राप्त गरेका छन् ।

सदनसभा हलमा शनिवार भएको प्रतियोगिताको फाइनलमा डिपि बिलिभर्स स्कुलकी आयुषा र केके ईन्टरनेशनल स्कुलकस् पोङ्सामले जनही नगद ५० हजार नगद, ट्रफी र निःशुल्क एक वर्ष नृत्य प्रशिक्षण पाएका छन् ।

त्यस्तै सिनियर तर्फ जोलसाया एकेडेमी धरान-११ की निनाम राई र जुनियर तर्फ सुनाखरी एकेडेमी धरान-१२ की आयुषा केदेम फस्ट रनरअप हुँदै नगद २० हजार, ट्रफी र गरिमाबाट ६ महिना निःशुल्क नृत्य प्रशिक्षणको अवसर पाए भने सिनियरतर्फ सिद्धार्थ शिशु सदन धरान-१६ की एन्जल लिम्बू र केके ईन्टरनेशनल स्कुल धरान-१५ की युङ्सा केदेम सेकेन्ड रनरअप भएर नगद १५ हजार, ट्रफी र गरिमाबाट ६ महिनाको निःशुल्क नृत्य प्रशिक्षणको अवसर पाइन् ।

त्यस्तै सिनियर तर्फ मोष्ट ट्यालेन्ट निनाम लिम्बू, बेष्ट क्याटवाक तथा बेष्ट फोटोजेनिक एन्जल लिम्बू, मोष्ट एक्टिभ आयुषा राई र एबिका लिम्बू, बेष्ट भ्युअर चोईस प्रियङ्का तामाङ, बेष्ट डिसिप्लिन लुङमा लिम्बू र बेष्ट फ्रेन्डसीप तनुजा लिम्बु घोषित भए । उनीहरूले ट्रफी तथा प्रमाणपत्र पाए ।

प्रतियोगितामा जुनियर मोष्ट ट्यालेन्ट, बेष्ट फोटो जेनिक पोङसाम लिम्बू, बेष्ट डिसिप्लिन सुहाङमा लिम्बू, बेष्ट भ्युअर चोईस बिभाषा खनाल, मोस्ट हाङजिनिक  भुमिनुमा राई, मोष्ट ट्यालेन्ट तथा बेष्ट पङ्चुअल युङसा केदेम, बेष्ट हार्ड बर्किङ अनुरा मगर, मोष्ट चार्मिङ आयुषा केदेम घोषित भइन् ।

मोष्ट डिसिप्लिन सुहाङमा लिम्बू, मोष्ट क्रिएटिभ सन्मुल राई, मोष्ट ईन्थुजीयास्टिक गौरव राई, मोष्ट डाईनामिक दिपशीखा तामाङ, मोष्ट एक्टिभ सोफिया राई, बेष्ट कन्फिडेन्ट हाङमा राई, बेष्ट ईम्प्रुभमेन्ट ईचिङसा लिम्बू, मोष्ट ओविडिएन्ट प्रिन्सेस खड्का घोषित भइन् ।

बेष्ट म्यानअर लेक्मुहाङ लिम्बू, बेष्ट पर्सन्यालिटी आयान मोहोरा, मोष्ट ह्यान्डसम माङसाङ लिम्बू, मोष्ट व्युटिफूल  आनिया राई, बेष्ट स्माईल एस्टर लिम्बू, बेष्ट हेयर सेमिना राई, बेष्ट फिजिक्स मिक्साङ लिम्बू, बेष्ट फोटो जेनिक पोङसाम लिम्बू र बेष्ट फ्रेन्डसीप प्रियान्सु राई घोषित भइन् ।

प्रतियोगिता गरिमाका प्रबन्ध निर्देशक तथा नृत्य निर्देशक मणिकुमार लिम्बुको सभापतित्वमा भएको थियो । निर्णायकहरूमा सुगरिका केसी, दोर्पध्वज राई, पनिता तामाङ, गोपाल दाहाल, जतिन ताम्राकार र झुमा लिम्बु थिइन् ।

गरिमाले विद्यालय तहका बालबालिकाको प्रतिभा उजागर गर्न ट्यालेन्ट प्रतियोगिता गर्दै आएको गरिमाकी सञ्चालिका तालिम निर्देशक सञ्जु राई सुमित्राले बताइन् ।