इटहरी : बुढी खोलामा आएको बाढीले बगाउँदा इटहरीका एकजनाको मृत्यु भएको छ भने दुई जना बेपत्ता भएका छन् । मृत्यु हुनेमा इटहरी उपमहानगरपालिका-४ कि प्रेमकला चौधरी छन् ।

बेपत्ता दुवै सुन्दरहरैँचा नगरपालिका-५ का असरा देवी चौधरी र फुला कुमारी चौधरी हुन् ।

बिहान आएको भीषण बाढीको कारण ४ जनालाई खोलाले बगाएको हो । सोही बाढीबाट २० वर्षीय स्वतिका चौधरीको उद्धार भएको प्रहरीले जनाएको छ ।

उता जल तथा मौसम विज्ञान विभागले बुढी खोलामा पानीको सतह बढ्न सक्ने भन्दै सतर्कता अपनाउन आग्रह गरेको छ ।