झापा : झापाको कचनकवलमा गोमन सर्पले डस्दा एक बालिकाको मृत्यु भएको छ ।
झापाको कचनकवल गाउँपालिका वडा नम्बर ३ गंगाबस्तीका हरि राजवंशीकी छोरी अन्दाजी १३ वर्षीया मनीषा राजवंशीको सर्पले डस्दा मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय झापाका अनुसार घटनाबारे थप अनुसन्धान भइरहेको छ ।