वराहक्षेत्र : वराहक्षेत्र नगरपालिकामा क्रियाशील वराहक्षेत्र जुनियर जेसीजले आश्रमका आमा बुबा र विद्यार्थीलाई दही चिउरा खुवाएको छ ।
शनिवार असार १५ को अवसरमा चतराधाम स्थित प्रथम जगद्गुरु पीठ तथा राधाकृष्ण भक्ति साधन प्रतिष्ठान पुगेर आश्रममा बसेका आमा बुबा तथा विद्यार्थी बटुकहरूलाई दही चिउरा खुवाइएको वराहक्षेत्र जुनियर जेसीजले अध्यक्ष अमित साहले बताए ।
वृद्धाश्रममा आमा बुबा सँग दही चिउरा कार्यक्रममा कोशी प्रदेश सभाकी सदस्य ममता तामाङ प्रमुख अतिथि रहेकी थिइन् ।
वराहक्षेत्र जुनियर जेसीजका अध्यक्ष अमित साहको संयोजकत्वमा भएको आश्रमका आमा बुबा र विद्यार्थीलाई दही चिउरा खुवाउने  कार्यक्रममा चक्रघट्टी जेसीजका निवर्तमान अध्यक्ष सन्तोष पुरी, विद्यार्थी मार्सल तामाङ चक्रघट्टि जेसीजका पदाधिकारी, जगद्गुरु पीठका पदाधिकारिहरुको उपस्थिति रहेको थियो ।
junior-JCI-dharan