धरान : माओवादी निकट नेवा: राष्ट्रिय मुक्ति मोर्चा धरान अध्यक्षमा सुमन श्रेष्ठ चयन भएका छन् ।

आज शनिवार भएको नगर भेलाले कार्यसमिति पुनर्गठन गर्दै श्रेष्ठको अध्यक्षतामा ४५ कार्यसमिति चयन गरेको हो ।

समितिको उपाध्यक्ष पदम श्रेष्ठ, सचिव शम्भु श्रेष्ठ, सहसचिव अरविन्द्र श्रेष्ठ कोषाध्यक्ष मनु श्रेष्ठ रहेका छन् । सदस्यहरू २० वटै वडाहरूबाट २ जना प्रतिनिधि हुने गरी चयन गरिएको छ ।

सम्मेलनमा प्रमुख अतिथि नेवा राष्ट्रिय मुक्ति मोर्चाका केन्द्रीय सचिवालय केशर प्रधान थिए । माओवादी केन्द्र केन्द्रीय सदस्य किरण राई, नगर इन्चार्ज चोत्लुङ लगायतले बधाई ज्ञापन गरे ।

भेला मोर्चाका केन्द्रीय सदस्य सुनसरी संयोजक चन्द्र उदासको सभापतित्वमा भएको हो ।