धरान : लिम्बु संस्कृतिमा आधारित नेपाली भाषामा बनेको सर्ट मुभी ‘कुमाक्ला फाक’ धरानमा शनिवार विशेष प्रदर्शन भएको छ ।

उक्त अवसरमा वरिष्ठ कलाकार तथा निर्देशक प्रेम सुब्बाले फिल्मको सफलताको लागि शुभकामना दिँदै लिम्बु संस्कृतिमा आधारित चलचित्रलाई याकथुङ चलचित्रकर्मी सङ्घले प्रवर्द्धन गर्नुपर्ने बताए ।

विशेष प्रदर्शन बिपी प्रतिष्ठानको अडिटरिएम हलमा भएको हो । चलचित्रको लेखन तथा निर्देशन नवीन मेन्याङवोले गरेका छन् । चलचित्र कुल २५ मिनेट १० सेकेन्डको रहेको निर्देशक मेन्याङवोले बताए ।

लघु चलचित्रको निर्माण नवीन पराजुलि र सुरेस कुमार लाबुङले संयुक्त लगानी भएको हो । चलचित्रमा प्रेम सुब्बा, उदय कुरुम्बाङ, नुमा लिम्बु, रोजनि तेयुइं, प्रकाश लिम्बुको अभिनय छ ।

चलचित्रमा सानुराजा थेगिम, दिलु सुब्बा, राधा फोम्बो, संचमाया पंधाक, पुर्णिमाया लिम्बु, जमुना लिम्बु, तेज मेन्याङ्बो, नवीन पराजुली र वाल कलाकार अकिंत लिम्बुले अभिनय गरेका छन् । चलचित्रको प्राविधिक कार्य कोसी भिजन नेपाल इटहरी र काठमाडौँको टिमले गरेका छन् ।

लिम्बु जातीको सुँगुरसँगको परम्परागत सम्बन्ध र त्यसले पारेको असरबारे ‘कुमाक्ला फाक’ले कथाको रूपमा बताउने मुख्य पात्र नै कालो सुँगुर रहेको निर्देशक मेन्याङ्बोले बताए । उनले भने, ‘मौलक कला, संस्कृति र शैलीको प्रतिनिधित्व गर्दै फिल्म अन्तर्राष्ट्रिय चलचित्र महोत्सवहरूमा सहभागी हुँदै छ ।’

‘कुमाक्ला फाक’को प्रदर्शनसँगै दोस्रो शो ‘द रेडमुन’ को प्रदर्शन गरियो । व्दन्दकालको १० वर्षको अवधिमा सशस्त्र माओवादीको कथालाई समेटेर लघु चलचित्र ‘द रेडमुन’ बनाइएको हो ।

चलचित्र थिएटर साहारा धरानले निर्माण गरेको हो । द रेड मुन’ले अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलमा पुरस्कार समेत पाएको निर्देशक मेन्याङवोले बताए ।

The Red Moon

Kumakla faak 2