धरान : धरान वडा ५ का ३४ वर्षीय मानबहादुर राईलाई इलाका प्रहरी कार्यालय धरानको प्रहरी टोली निषेधित औषधि ट्रामाडोल सहित पक्राउ गरेको छ ।

कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएअनुसार उनलाई शनिवार ट्रामाडोल १३५ क्याप्सुल सहित प्रहरीले पक्राउ गरेको हो ।

प्रहरीले झापामा सोही दिन ३ जनालाई लागुऔषध ब्राउनसुगर सहित पक्राउ गरेको छ ।

भद्रपुर ३ प्रहरी चौकीको प्रहरी टोलीले मेची पारीबाट आएको मे ३ प ५३० नम्बरको मोटरसाइकलको टुल बक्स भित्र २ ग्राम ब्राउनसुगर सहित २ जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा मोटरसाइकलमा सवार रहेका भद्रपुर-९ का ३० वर्षीय युनिक निरौला र भद्रपुर-५ का १८ वर्षीय विनोद दास छन् ।

यस्तै झापा गाउँपालिका ५ मा चेकजाँच गर्दा भारतीय नम्बर प्लेट बीआर ३७ एच ९५५५ नम्बरको मोटरसाइकल चालक भारत बिहार किसनगंजका ३२ वर्षीय तनविर आलमलाई ५ ग्राम ४८० मिलिग्राम ब्राउनसुगर सहित पक्राउ गरिएको छ ।