धरान : नेपाल पत्रकार महासङ्घ सुनसरीको धरान अमरहाट स्थित कार्यालयमा आज सोमवार बिहान नेपाल प्रेस युनियनका पदाधिकारी, पत्रकारहरू धर्नामा बसेका छन् ।

पत्रकार महासङ्घको सदस्यताको विषयमा चलिरहेको विवादका करण महासङ्घको तिनै तहको चुनाव सर्दै आएको छ । सोही विवाद समाधान गरी तत्काल निर्वाचन गराउन माग गर्दै प्रेस युनियनले सबै जिल्लामा महासङ्घमा तालाबन्दी गरी धर्ना बसेको हो ।

युनियनले सदस्यताको विषयमा महासङ्घ जिल्लाको अधिकार स्थापित गर्न माग गरेको छ । महासङ्घको गरिमा कायम गर्न, विधान अनुसार सदस्यता सुद्धिकरण गर्न, शुद्धीकरणको नाममा गरिएको मनपरी अन्त्य गर्न र विधान विपरीतको गतिविधि बन्द गर्न माग गरेको छ ।

धर्ना बिहान ११ बजे देखी दिउँसो १ बजे सम्म बस्ने युनियन सुनसरीका सचिव बाबुराम कार्कीले बताए ।

Dharna Karyakram 081-03-17 2nd