धरान : इलाका प्रहरी कार्यालय धरानको प्रहरी टोलीले धरान-८ का ३६ वर्षीय सुनिल श्रेष्ठ र २३ वर्षीय दीपक विश्वकर्मालाई लागुऔषध ब्राउनसुगर सहित आइतबार पक्राउ गरेको छ ।

कोशी प्रदेश प्रहरी कार्यालयले जनाए अनुसार उनीहरूबाट १ ग्राम ब्राउनसुगर बरामद भएको छ । साथै धरान-१५ का २७ वर्षीय कबिर तामाङलाई ट्रमाडेल ९०, स्पास्मो ९० ट्याब्लेट, गाँजा १०० ग्राम सहित पक्राउ गरिएको छ ।

प्रहरीले सोही दिन नरसिंह गाउँपालिका-६ का २४ वर्षीय नाजम अन्सारी र बुढीगंगा मोरङका ३० वर्षीय अजय कुमार देवलाई स्पास्मो २५४ ट्याब्लेट, नगद ३९ हजार सहित पक्राउ गरेको छ । उनीहरू सवार प्र-१-०२-०४९ प ११३ नम्बरको मोटरसाइकल नियन्त्रणमा लिइएको छ ।

झापाको भद्रपुर-५ वडा प्रहरी कार्यालयको प्रहरी टोलीले चेकजाँच गर्दा भद्रपुर-८ का ३६ वर्षीय सन्तोष राजवंशी र २६ वर्षीय अमर बरैयलाई ब्राउनसुगर ५ ग्राम १७ मिलिग्राम सहित पक्राउ गरेको छ ।