धरान : लागूपदार्थको मुद्दामा फरार आरोपित लालीगुराँस नगरपालिका-९ घर भई सुन्दरहरैचा-४ डेरामा बस्ने ४२ वर्षीय अमृतबहादुर भुजेललाई लागूपदार्थ ब्राउनसुगर सहित प्रहरीले आइतबार पक्राउ गरेको छ ।

कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाए अनुसार उनलाई पक्राउ गर्नै जिल्ला अदालतले २०८० माघ २६ गते अनुमति जारी गरेको थियो । फरार भुजेल ६ महिनापछि स्कुटर सहित ब्राउनसुगर ३२ ग्राम ७४ मिलिग्राम, नगद ६७ हजार ६०० रुपैयाँ साथमा पक्राउ परेका हुन् ।

उनी सुन्दरहरैचामा डेरा लिई लुकिछिपी बस्दै आएको अवस्थामा प्रहरीले खोजतलास गर्दा पक्राउ परेका हुन् । पक्राउ परेका भुजेलको बारेमा थप अनुसन्धान भइरहेको छ ।