धरान : नेपाली काँग्रेस र नेकपा एमालेका नेता सभापति शेरबहादुर देउवा तथा केपी शर्मा ओली बिच सोमवार राती भएको नयाँ सत्ता गठबन्धनले नयाँ सरकार बनाउने प्रायः निश्चित भएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओली हुनेछन् । गठबन्धनको सहमति आलोपालो अनुसार डेढ वर्षपछि काँग्रेस सभापति देउवा प्रधानमन्त्री बन्नेछन् । दुई पार्टी बिच संविधान संशोधन सम्मको विषयमा सहमति भएको मिडियाहरूले उल्लेख गरेको छ ।

निर्वाचन प्रणाली सहितका विषयमा संविधान संशोधन सुझाव आयोग बनाइने छ ।

सहमति पत्रमा काँग्रेसका सभापति देउवा र एमालेका अध्यक्ष ओलीको हस्ताक्षर छ ।