विराटनगर : नेपालको पूर्व क्षेत्रकै शैक्षिक धरोहरको रूपमा २०४८ सालमा स्थापित विराट क्याम्पसमा यस शैक्षिक सत्र २०८१ देखि व्यवस्थापन शिक्षा सँगै सूचना प्रविधि संलग्न गरी नयाँ भर्ना खुलेको छ । कक्षा ११ को नयाँ भर्नाको लागी प्रवेश परीक्षा २०८१ असार २१ गते शुक्रवार राखिएको छ ।

२१ औँ शताब्दीमा सूचना र प्रविधिको द्रुत विकास सँगै विश्वव्यापी रूपमा नै सूचना प्रविधि सहितको व्यवसायीक दक्ष जनशक्तिको बढ्दो मागलाई सामान्य अर्थात् पाठ्यसामग्रीमा भएका ज्ञान प्राप्त गर्ने विषयवस्तुले मात्र समेट्न नसक्ने निश्चित छ । यसर्थ ज्ञान, सिप र प्रस्तुति सहितको एक सक्षम तथा योग्य नागरिक बन्न नसकी रहेको वर्तमान परिस्थितिलाई मध्यनजर गर्दै सूचना र प्रविधिलाई संलग्न गरी यसै वर्ष देखि भर्ना प्रक्रिया अगाडी बढाएको क्याम्पसका सहायक प्राचार्य रोशन घिमिरेले बताए ।

यस क्याम्पसमा भर्ना भएका प्रत्येक विद्यार्थीले भर्ना हुँदा नै एउटा ल्यापटप घर लैजान पाउँछन् । पठन-पाठन शैलीमा प्रस्तुतीकरण अनिवार्य गरिएको छ । प्रत्येक विषयको कक्षा समय ९० मिनेटको राखिएको छ । प्रत्येक विद्यार्थीहरू कक्षा कोठामा नै सामूहिक छलफल र प्रस्तुति मार्फत सबै विषयको सिकाइ प्रक्रियामा सहभागी हुन्छन् ।

यसको साथै कक्षा ११ र १२ मा अध्ययन गरिरहेको समयमा नै विद्यार्थीहरूलाई विभिन्न किसिमका सूचना प्रविधि लाई आवश्यक वेब डेभलपमेन्ट, ग्राफिक्स डिजाइन, नेटवर्किङ, जाभा, पाइथान लगायतका जीवन उपयोगी तालीम समेत गराइन्छ ।

यस प्रकारको सिकाइले कक्षा ११ र १२ पश्चात् नेपाल लगायत विश्वका कुनै पनि देशमा पुगे पनि के काम गर्ने भन्ने समस्या तथा भोकै बस्नुपर्ने बाध्यताको समेत अन्त्य हुनेछ र राष्ट्रले प्रमाणपत्रधारी मात्र नभएर जागिर गर्न र जागिर दिन सक्ने एक योग्य नागरिक समेत प्राप्त गर्ने प्राचार्य आर।सी। कोइराला वताउछन ।

हाल यस क्याम्पसमा स्नातक तहको विविएस र ए सि सि ए कार्यक्रम समेत सञ्चालनमा रहेकोले विद्यार्थीहरूले योग्य, अनुभवी साथै प्रविधि मैत्री शिक्षकहरू मार्फत पठन पाठन हुने भएकोले शिक्षण सिकाइ प्रक्रिया अत्यन्तै प्रभावकारी रहने छ ।

यस क्याम्पसको नामामा रहेको भौतिक पूर्वाधार मनमोहन प्राविधिक विश्वविद्यालयलाई हस्तान्तरण गरेपश्चात् क्याम्पसमा सञ्चालित सम्पूर्ण शैक्षिक कार्यक्रमहरू २०७४ पश्चात् तत्कालीन सदस्य सचिव, विभिन्न शैक्षिक संस्था सञ्चालनको अनुभव प्राप्त शैक्षिक व्यक्तित्व आरसी कोइरालाको नेतृत्वमा सञ्चालन हुँदै आएको छ ।