धरान : धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले सार्वजनिक सम्पत्ति भत्काएकोमा कारबाहीको माग गर्दै धरान१३ का वडावासीहरूले मङ्गलवार इनरुवा स्थित जिल्ला प्रशासन कार्यालय घेराउ गरेका छन् ।
धरान-१३ को अमर बस्तीको करिब ८२ मिटर लामो ग्याविनको जाली मध्ये निर्माण भएको ३० मिटर ग्याविनको जाली काटेर मेयर साम्पाङको निर्देशनमा उनका कार्यकर्ताको समूह र नगर प्रहरीले गत मङ्गलवार साँझ भत्काएको भन्दै उनीहरूले कारबाहीको माग गरेका हुन ।
धरानमा ठुलो सङ्ख्यामा इनरुवा जिल्ला प्रशासन कार्यालय पुगेका स्थानीय बासिन्दाहरूले मेयर साम्पाङलाई कारबाहीको माग गर्दै कार्यालय कार्यालय परिसरमा धर्ना दिएका थिए ।
प्लेकार्ड सहित जिल्ला प्रशासन कार्यालय पुगेका स्थानीयले तार जाली भत्काउन लगाउने हर्क साम्पाङलाई कारबाही गर, शान्ति सुरक्षा कायम गर, सामाजिक सद्भाव कायम गर, सार्वजनिक सम्पत्तिको संरक्षण गर जस्ता नाराबाजी गरेका थिए ।
खहरे खोला नियन्त्रण व्यवस्थापनका लागि जलस्रोत तथा सिचाई विकास डिभिजन कार्यालय कोशी प्रदेशको बजेटबाट ग्याबिन निर्माण गरिएको थियो । उक्त ग्याबिन भत्काइएपछि गत बुधवार प्रमुख जिल्ला अधिकारी रामचन्द्र तिवारीलाई उजुरी दिइएको थियो ।
लिखित उजुरी दिएपनी प्रजिअ तिवारीले दोषीमाथि कारबाही गर्न चासो नदिएपछि स्थानीय बासिन्दा आन्दोलनमा उत्रिनु परेको अमर बस्ती उपभोक्ता समितिका अध्यक्ष राजु राईले बताए ।
CDO-letter