इटहरी : इटहरीका नर्थ प्वाइन्ट सेकेण्डरीले स्थानीय स्तरमा मात्र नभई अन्तर्राष्ट्रिय छवि बनाउँदै गएको छ ।  इटहरीको हलगडामा अवस्थित नर्थ प्वाइन्ट माविले भर्खरै अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगिताका उत्कृष्टता हासिल गरेको हो ।

शैक्षिक गतिविधिमा सर्वोत्कृष्ट रहँदै आएको नर्थ प्वाइन्टले अतिरिक्त क्रियाकलापमा पनि आफूलाई उत्कृष्ट बनाएको छ । भारतको सिलिगुडीमा २०८१ असार १६ आयोजित प्रथम भारत अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतिस्पर्धामा नर्थ प्वाइन्टको सहभागिता ऐतिहासिक रह्यो । विभिन्न उमेर समूहका खेलाडीले उत्कृष्ट प्रदर्शन गर्दै ६ ओटा पदक हात पारेका छन् ।

भारत, नेपाल, श्रीलङ्का, भुटान गरी ४ देश सहभागी प्रतिस्पर्धामा ६३ केजी खुला समूह तर्फ आर्यन कटवालले स्वर्ण पदक जितेका छन् । २९ केजी १२ देखी १४ उमेर समूहमा प्रशान्त पाण्डेले स्वर्ण पदक हात पारे ।

त्यस्तै ३३ केजी १२ देखि १४ उमेर समूहमा सागर खड्काले रजत र  ७३ केजी खुलातर्फ टोपेन्द्र पाण्डेले रजत पदक हात पारेका हुन् ।  ४५ केजी १२ देखि १४ उमेर समूहमा सुशान्त केसीले कास्य र ३६ केजी १२ देखि १४ उमेर समूहमा सन्दीप तामाङले कास्य पदक हात पारेर इटहरीको गरिमा बढाएका हुन् ।

पदक पाएसँगै प्रिन्सिपल राजन दाहाल दाहालले नर्थ प्वाइन्टले गरेको प्रयासको सानो प्रतिफल भएको बताएका छन् । विद्यार्थीलाई पठनपाठन बाहेक अन्य सिपमूलक र रचनात्मक क्षेत्रमा अन्तर्राष्ट्रिय प्रतिस्पर्धाको लागि योग्य बनाउने उद्देश्य रहेको उनले बताए ।

नर्थ प्वाइन्टले औपचारिकताको लागि भन्दा पनि व्यवहारिकता र उज्ज्वल भविष्य निर्माणको लागि आधार बनाउने गरी विद्यार्थीलाई तयार पारेको उनको भनाइ छ । उनले भने, ‘हामी कसैसँगै प्रतिस्पर्धाको लागि हैन विद्यार्थीलाई आफैसँग प्रतिस्पर्धा गरेर भविष्य उज्ज्वल बनाउन प्रेरित गर्छौ ।’

Northpoint-News1Northpoint 2