धरान : उत्कृष्ट नतिजा ल्याउने नर्सरी देखी १० कक्षाका ३६ जना विद्यार्थीलाई सहिद स्मृति माविले छात्रवृत्ति प्रदान गरेको छ ।

प्रधानाध्यापक रामबहादुर विष्टका अनुसार उनीहरूलाई प्रदान गरिएको छात्रवृत्ति १ लाख रुपैयाँ बराबर छ । छात्रवृत्ति बुधवार कार्यक्रममा प्रदान गरिएको हो ।

प्रथमलाई ७५ प्रतिशत, द्वितीयलाई ६० प्रतिशत र तृतीयलाई ५० प्रतिशत छात्रवृत्ति प्रदान गरिएको छ । उनीहरूलाई पढाइमा प्रोत्साहन गर्न छात्रवृत्ति प्रदान गरिएको प्रधानाध्यापकले बताए ।

भौतिक पूर्वाधारमा सुविधा सम्पन्न विद्यालयमा कक्षा ११ मा वाणिज्य र शिक्षा सङ्कायमा पढाई हुँदै आएको छ । गत वर्षदेखि प्राविधिक धार कक्षा ९ देखि १२ सम्मको कम्प्युटर इन्जिनियरिङ पढाई हुँदै आएको छ ।