धरान : यसपालिको एसइई परीक्षामा पहिलो पटक ४ जिपिए ल्याएर विष्णु मेमोरियल स्कुलको नयाँ इतिहास बनाएकी गृष्मा लुइटेल सहित उच्चतम श्रेणीमा उत्तीर्ण विद्यार्थीहरूलाई बुधवार एक कार्यक्रमको आयोजना गरी सम्मानित गरेको छ ।

सोही अवसरमा संस्थापक अध्यक्ष वेनिन्द्र कटवालले आउँदो एसइई परीक्षामा ४ जिपिए ल्याउने प्रत्येक विद्यार्थीलाई एक लाख नगद सहित सम्मान गरिने घोषणा गरेका हुन् ।

उनले एसइईको तयारीमा लागिरहेका विद्यार्थीहरूको उच्च मनोबल सहित मेहनती बनाउन नगद पुरस्कारले सम्मानित गर्ने स्कुलले निर्णय गरेको बताए । 

कार्यक्रममा यसपालिको एसइई परीक्षामा ४ जिपिए ल्याएकी गृष्मा लुइँटेल सहित एसइईमा उत्कृष्ट नतिजासहित उत्तीर्ण सबै विद्यार्थीलाई उनीहरूको अभिभावकहरूको उपस्थितिमा सम्मान गरिएको थियो । अभिभावकहरूले संस्थापक अध्यक्ष कटवाल, प्रिन्सिपल निलम कुमार श्रेष्ठ र शिक्षकहरूलाई सम्मान गरेका थिए ।

विष्णुकी छात्रा गृष्मा देशभरबाट ४ जिपिए ल्याउने १८६ जना विद्यार्थीमा एक भएकी छन् । विष्णु ममोरियलबाट १४२ जना परीक्षामा सामेल थिए । त्यस मध्ये ३.६१-४.०० जिपिए (ए प्लस) सहित ९० जना उत्तीर्ण भएका छन् ।

३.२१.६ जिपिए (ए) सहित ४५ जना र २.८१-३.२ जिपिए (बि प्लस) सहित ६ जना विद्यार्थी उत्तीर्ण भएको प्रिन्सिपल निलमकुमार श्रेष्ठले बताएका छन् । उनले स्कुलका विद्यार्थीको ए प्लस नतिजा ल्याउन अपेक्षा गरेकोमा हामीले सोचे भन्दा राम्रो एकजनाले ४ जिपिए नतिजा ल्याएको बताए ।

कार्यक्रममा संस्थापक अध्यक्ष कटवालले २०५९ सालदेखि एसएलसीमा सामेल हुँदै आएकोमा एसइईमा आइपुग्दा इतिहासमै पहिलो पटक उत्कृष्ट नतिजा ल्याउन स्कुल सफल भएकोमा शिक्षक, शिक्षिकाको समर्पण, विद्यार्थीको मिहिनेत र अभिभावकको सहयोगको यसमा महत्त्वपूर्ण भूमिका रहेकोमा धन्यवाद दिए ।

Bishnu SEE news 2

Bishnu SEE news 3