धरान : इलाका प्रहरी कार्यालय धरानको प्रहरी टोलीले धरान-४ का ३३ वर्षीय खेम राना मगर र धरान-१५ का २६ वर्षीय सुरज देवानलाई निषेधित औषध ५ हजार ७०६ क्याप्सुल, ४३८ ट्याब्लेट, विसकफ ३ बोतल, गाँजा २ किलो र नगद ४६ हजार ५० रुपैयाँ सहित पक्राउ गरेको छ ।

कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाए अनुसार उनीहरूलाई बुधवार राती पक्राउ गरिएको हो । धरानमा कानुनले निषेध गरेको लागुऔषध अवैध विक्री वितरण गर्न राखिएको अवस्थामा पक्राउ गरिएको पछिल्लो पटकको यो ठुलो परिमाण हो ।