धरान : लागुऔषध नियन्त्रण ब्युरो बिराटनगरबाटको प्रहरी टोलीले बुधवार धनकुटा साँगुरीगढीका २८ वर्षीय सन्दीप मगर र ३२ वर्षीय सबिन सुब्बालाई १ ग्राम १६ मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको छ ।

कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाए अनुसार मोरङको केराबारीका २८ वर्षीय मिलन राईलाई ट्रामडोल, स्पास्पेन, कोलिबिन र डिकोलिक गरी १ हजार १३३ क्याप्सुल सहित अस्थायी प्रहरी पोस्ट देउराली धरानले पक्राउ गरेको छ ।

लागुऔषध नियन्त्रण ब्युरो काँकडभिट्टा झापाको प्रहरी टोलीले बिर्तामोड-६ का १८ वर्षीय सौगात लिम्बु, बिर्तामोड-५ का १९ वर्षीय भविष्य खरेल र अर्जुनधारा–३ का २८ वर्षीय डेनिस प्रधानलाई ट्रमाडोल ९ सय क्याप्सुल सहित पक्राउ गरेको छ ।

दमक-५ की २० वर्षीय नेहा बासफोर निषेधित औषधी १५ एम्पुल सहित इलाका प्रहरी कार्यालय अनारमनीको नियन्त्रणमा परेकी छन् ।

कोशी प्रदेश प्रहरी कार्यालयको प्रादेशिक अनुसन्धान समूह र प्रहरी चौकी रमाइलो मोरङको प्रहरी टोलीले कानेपोखरी-५ का ३२ वर्षीय भक्त बहादुर अधिकारी र उनको श्रीमती ३० वर्षीय बिमला कार्कीलाई ६ सय मिलिग्राम ब्राउनसुगर सहित पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय पथरीको प्रहरी टोलीले ट्रमाडोल र स्पास २५ चक्की सहित पथरीशनिश्चर-३ का २४ वर्षीय सम्भु लिम्बुलाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय उदयपुरको प्रहरी टोलीले त्रियुगा नगरपालिका-१० का ३९ वर्षीय श्याम मगरलाई ब्रुफिनोर्फिन, फेनार्गन र डाईजेपाम १८ एम्पुल सहित पक्राउ गरेको छ । लागुऔषध सहित पक्राउ परेका उनीहरूको थप अनुसन्धान कार्य भइरहेको छ ।