वराहक्षेत्र : वराहक्षेत्र नगरपालिका वडा नं.१ चतरा स्थित बसपार्क क्षेत्र र औलिया बाबा मठ परिसरमा सरसफाइ गरिएको छ ।

नगरपालिकाले बोलबम मेला केन्द्रित र डेङ्गु रोग महामारी सम्बन्धी सचेतना गर्ने उद्देश्यले शनिवार बिहान सरसफाइ कार्यक्रम गरेको प्रमुख प्रशासकीय अधिकृत गणेश बहादुर कटुवालले बताए ।

सुन्दर, सफा वराहक्षेत्र तथा श्रावण महिनाको आइतबार र सोमवार लाग्ने बोलबमलाई सभ्य, भव्य बनाउने उद्देश्य राखेर 

ऐतिहासिक तथा पुरातात्त्विक महत्त्व बोकेको औलिया बाबा मठ परिसर, सोमवारे हाटक्षेत्र, चतरा बसपार्क क्षेत्रमा सरसफाइ गरिएको थियो।

नगर प्रमुखको संयोजकत्वमा भएको सरसफाइ कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत, वडा नं.१ का अध्यक्ष सहित सशस्त्र प्रहरीको टोली, इलाका प्रहरी कार्यालयको टोली, वडाका जनप्रतिनिधिहरू, राजनैतिक दलका प्रतिनिधिहरू, उद्योग वाणिज्य सङ्घ चतराका प्रतिनिधि, स्वास्थ्यकर्मीहरू, धार्मिक सङ्घ संस्थाका प्रतिनिधिहरू, स्थानीयहरू नगर प्रहरी, सरसफाइ कर्मचारीहरूको सहभागिता रहेको थियो ।

श्रावण महिनाको आइतबार र सोमवार लाग्ने बोलबम मेलालाई सभ्य भव्य बनाउने उद्देश्य राखेर सरसफाइ कार्यक्रम गरिएको नगर प्रमुख रमेश कार्कीले बताए ।

मेला आउने भक्तजनहरूलाई थप आकर्षित र मेलाको प्रचार प्रसारका लागि सरसफाइ कार्यक्रम सँगै मेलालाई व्यवस्थित बनाउन नगरपालिका लागि परेको उनले बताए ।

baraha-sarasafai-KapuriNews