धरान : धरान-१२ स्थित पुरानो मल्ल रेडियो अगाडि रहेको मेसिनरी पसलमा आगलागी भएको छ ।

शनिवार साँझ ७ बजेर १० मिनेटमा आगलागी भएको स्थानीयले जानकारी दिएका छन् ।

स्थानीय प्रत्यक्षदर्शीले दिएको जानकारी अनुसार घरमा सञ्चालनमा ल्याएको एसी, फ्रिज लगायतका सामग्री बनाउने पसलमा लागेको आगोले घर पूर्ण रूपमा क्षति भएको भएको छ ।

इलाका प्रहरी कार्यालय धरानका डिएसपी मान बहादुर राईले घरमा भएको आगलागी इलेकट्रोनिक्स माध्यमबाट भएको बताए ।

उनले आगलागीबाट घर पूर्ण रूपमा क्षतिग्रस्त भएको घरमा भएको क्षति भएको विषयमा अनुसन्धान भइरहेको बताए ।

धरान उपमहानगरपालिकाका २ वटा वारुण यन्त्र, प्रहरी, सशस्त्र प्रहरी र स्थानीयवासीको पहलमा आगो नियन्त्रण लिइएको डिएसपी राईले जानकारी दिए।

Dharan-12-aagalaiDharan-12 Aaglagi  (4)Dharan-12 Aaglagi  (1)Dharan-12 Aaglagi  (3)Dharan-12 Aaglagi  (2)