धरान : मार्शल आट र बक्सिङको मिसिएको जस्तै नयाँ खेल मिक्स मार्शल आर्ट एमएमए फाइट धरानमा ल्याउन पहल थालिएको छ । धरानमा यसको प्रशिक्षण मूलक सेमिनार पहिलो पटक सम्पन्न भएको छ ।

एमएमए पछिल्लो समय विश्वमा युवाहरू माझ लोकप्रिय बन्दै गएको छ । नेपालमा एमएमएको प्रशिक्षण सञ्चालन गर्न पहिलो चरणमा काठमाडौँ, पोखरा र धरानलाई प्राथमिकता दिइएको छ ।

असार १६ देखि २२ गते सम्म धरानमा वरियर्स डेन ट्रेनिङ सेन्टरद्वारा आयोजित एमएमए सेमिनार एवं आधारभूत फाइट प्रशिक्षणमा खेलको प्रवर्द्धन गर्न धरानमा प्रशिक्षण सञ्चालन गरिने बताइएको हो ।

प्रशिक्षक एलिस लिम्बुले एमएमए प्रशिक्षणमा ३ दिन सेल्फ डिफेन्स गर्ने तरिका पहिलो व्राजिलियन फिजित्सु आर्ट, दोस्रो कसरी लडाउने रेस्लिङ आर्ट र कसरी डिफेन्स गर्दै प्रहार गर्ने स्ट्राइकिङ आर्ट सिकाइने बताए उनका अनुसार एमएमए विभिन्न फाइट आर्टहरूको मिश्रण रहेको खेल हो । एमएमए फाइट आर्ट अमेरिकाबाट सुरु भएको हो । अहिले विश्वमा नै लोकप्रिय र व्यावसायिक रूपमा व्यवसायी बन्दै गएको छ ।

एनिस लिम्बुले भने, ‘म आफै पनि केही महिना पछि माल्दिभ्समा हुन लागेको एमएमए फाइटमा वरियर्स डेन वाट नेपालको प्रतिनिधित्व गर्दै खेल्न जान लागेका छु ।’

धरानमा प्रशिक्षण वरियर्स डेन ट्रेनिङ सेन्टर गर्ने भएको छ । काठमाडौँ, पोखरा र धरान ३ सहरमा मात्र प्रशिक्षण हुन लागेको हो । ट्रेनिङ सेन्टर सञ्चालक सन्तोष विक र खेलाडी एलिस लिम्बुले एमएमए धरानमा पहलमा ल्याउने पहल गरेका हुन ।

एमएमए पछिल्लो समय विश्वमा युवाहरू माझ लोकप्रिय बन्दै गएको छ । फाइट गेम एमएमए (मिक्स मार्सल आर्ट) प्रशिक्षण सेन्टरले धनकुटे रोड स्थित वुढासुव्वा फुटसलको हलमा सञ्चालन गर्ने सञ्चालक विकले बताए ।

सेमिनार प्रशिक्षणमा सहभागी विद्यार्थीहरूलाई बेलायतबाट आएका एमएमए फाइटका प्रोफेसनल खेलाडी रिर्चड मर्सन र एलिस लिम्बुले प्रशिक्षण दिएका थिए ।

सेमिनारमा धरान आदर्श, केके स्कुल र डिपि विलिभर्स स्कुलका विद्यार्थीहरूले सहभागी थिए । उनीहरूलाई सञ्चालक सन्तोष विकले एमएमएको खेल मनोविज्ञानका बारेमा जानकारी गराए ।