धरान : धनकुटा जिल्ला प्रहरी कार्यालयका प्रहरी टोलीले साँगुरीगढी-९ का २६ वर्षीय लक्ष्मण राईलाई १२ किलोग्राम गाँजा सहित पक्राउ गरेको छ ।

राई सवार को १९ प ९८७७ नम्बरको मोटरसाइकललाई चेकजाँच गर्दा गाँजा बरामद भएपछि उनलाई पक्राउ गरी अनुसन्धानका लागि नियन्त्रणमा लिइएको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

सोही राती मोरङको लेटाङ इलाका प्रहरी कार्यालयको टोलीले लेटाङ-६ का ३२ वर्षीय अभिषेक मगर र २४ वर्षीय बाराक लिम्बुलाई ५ ग्राम ९४ मिलिग्राम ब्राउनसुगर सहित पक्राउ गरेको छ ।