धरान : तस्बिरमा देखिएका आधा पेन्ट झरेका युवकको झट्ट तस्बिर हेर्दा नेपालमा कुनै लागुऔषध दुर्व्यसनीलाई पुलिसले समाते लैजाँदै गरेको लाग्न सक्छ ।

तर उनी हुन अहिलेको विश्व पप सङ्गीत दुनियाँका हिट ३० वर्षीय अमेरिकी गायक जस्टिन विबर । सामाजिक सञ्जाल एक्समा सर्वाधिक फलोअर्स भएका बिबर हालै भारत आएका थिए ।

भारतीय टाइकुन अम्बानी परिवारका पुत्र अनन्तका विवाहमा सङ्गीत प्रस्तुतिका लागि बिबरले १० मिलियन डलर परिश्रमिक लिएका छन् । जसका भारतीय रुपैयाँ ८३ करोड हुने मिडियाहरूले उल्लेख गरेका छन् ।

यसअघि अनन्त-राधिकाको ईङगेजमेन्टमा अम्बानीले अर्का अमेरिकी पप गायिका रिहानालाई ५४ करोड परिश्रमी दिएर ल्याएका थिए।

एकै साँझको प्रस्तुतिमा करोडौँ असुल्ने अर्बपति सेलिब्रेटीहरुको पोसाक फेशन देख्दा भने कपडा अत्यन्तै मंहगो वस्तु भएझैँ लाग्छ ।

कुनै बेला विकासोन्मुख देशहरूमा गरिबिको रेखामुनी रहेका नागरिकलाई आङ ढाक्न गाह्रो थियो । आधा जिउमा लुगा लाउनले आदिवासी जातिहरूको संस्कृति त्यसरी पनि बनेको हुनसक्छ ।

अहिले नेपालमा भने गार्मेन्टको रेडिमेड सस्तो छ । सर्वसाधारणलाई खान महँगो भए पनि आङ ढाक्न सजिलो छ । आधा नाङ्गो भएर हिँड्ने पालो चैँ अब यस्ता सेलिब्रेटीहरु आएको कि ?