धरान : आज बिहान डेढ बजेको समयमा ताप्लेजुङमा भूकम्प गएको राससलाई उद्धृत गर्दै प्रमुख नेपाली मिडियाले समाचार दिएका छन् ।

भूकम्पले पुराएको क्षतिका बारेमा कुनै थप समाचार आएको छैन ।

भूकम्पको केन्द्रबिन्दु ताप्लेजुङको तापेथोक भएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।

केन्द्रका अनुसार ताप्लेजुङको तापेथोक केन्द्रबिन्दु भएर राति १ बजेर ४६ मिनेटमा ४ दशमलव ४ म्याग्नेच्युडको भूकम्प गएको हो ।