धरान : गर्मी याममा दृष्टिविहीन विद्यार्थीहरूलाई राहतका लागि धरान-१५ स्थित ज्ञानचक्षु स्कुललाई ५ वट कुलर प्रदान गरिएको छ ।

कुलर स्वावलम्बन लघुवित्तिय संस्था लिमिटेड धरान शाखाले प्रदान गरेको हो । कुलरहरू संस्थाका प्रमुख रमेश भट्टराईले आज बुधवार स्कुललाई हस्तान्तरण गरेका हुन् ।

लघुवित्तिय संस्था प्रमुख भट्टराईले वार्षिक रूपमा संस्थाले सामाजिक उत्तरदायित्वको लागि छुट्याएको बजेटबाट प्रदान गरिएको बताए ।

आर्थिक वर्ष ०८०/८१ को वार्षिक कार्यक्रम अनुसार ८५ हजार रुपैयाँ मूल्यमा खरिद गरिएका कुलर स्कुललाई हस्तान्तरण गरिएको हो ।

Cooler sahayog 2