धरान : धरानको फेसन बजारमा आधुनिक युवा, युवती देखी ढल्कँदो उमेरलाई आकर्षक पहिरनको नयाँ रोजाई 'फेरिका' आज बिहीबार देखी खुलेको छ ।

धरान-१० पुतली बजार बजारमा खुलेको 'फेरिका' विजयपुर हस्पिटल अगाडि सडकको माथिल्लो पट्टि छ । शुद्ध सुती (कटन) कुर्ती लगायत आधुनिक युवतीहरूका लागि आकर्षक पहिरन फेरीकाको विशेषता भएको सञ्चालिका सङ्गीता वाहिङले बताइन् ।

'ओरिफेम' ब्रान्डको महिला तथा पुरुषको लोकप्रिय कस्मेटिक, परफ्युम फेरीकामा विक्री वितरण भइरहेको छ । सबै उमेरका किशोरी, युवा र महिलाहरूका लागी ज्वेलरी, गरगहना पनि फेरिकामा पाइने बताइएको छ ।

सञ्चालिका सङ्गीताका अनुसार कुल १५ लाख रुपैयाँको लगानीमा सुरु गरिएको फेसन हाउन फेरिकालाई थप आकर्षक फेसनेबुल पहिरनहरूको कलेक्सन स्टोरको ब्रान्ड बनाइने छ ।

बिहीबार बिहान आयोजित एक जमघट बिच कोसी प्रदेशका पूर्व प्रदेश प्रमुख प्रा.डा.गोविन्द तुम्बाहाङले पसलको उद्घाटन गरे । पहिरनका पारखी महिलाहरूको जमघटमा उनले धरानमा बसेपछि जुनसुकै उमेरकालाई पनि फेसनलाई नछोई नरहने बताए ।

फेरिकाका सञ्चालिका सङ्गीता स्वयं पहिरनमा रुचि राख्न नयाँ पुस्ताकी अगुवा हुन् । विद्यार्थी राजनीतिमा अग्रणी सङ्गीता नेपाल विद्यार्थी सङ्घकी केन्द्रीय सदस्य हुन् । राजनीति आम्दानीको लागि गरिन्न राजनीतिक गर्नेहरूले आम्दानीका लागि कुनै पेसा व्यवसाय गर्नुपर्छ भन्ने उनको मान्यता छ ।

Ferika fashion 2

Ferika fashion 3