धरान : मोटरसाइकल आफै अनियन्त्रित भई बिजुलीको पोलमा ठोक्किँदा पछाडि बस्ने यात्रुको मृत्यु भएको छ ।

झापाको गौरादह-१ सितापुरीमा बुधवार राती लु. ९ प. १२७१ नम्बरको मोटरसाइकल चालकले नियन्त्रण गर्न नसक्दा आफै अनियन्त्रित दुर्घटना भएको हो ।

कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाए अनुसार बिजुलीको पोलमा ठक्कर खाएर भएको दुर्घटनामा घाइते भएका पछाडि सवार भारतीय नागरिक ४१ वर्षीय कमल ठाकुरको मृत्यु भएको छ ।

गम्भीर घाइते ठाकुरलाई उपचारका लागि निम्स अस्पताल दमक पुराएपछि मृत्यु भएको हो । घटनामा संलग्न मोटरसाइकल चालक ३३ वर्षीय गोपाल ठाकुरलाई नियन्त्रणमा लिई घटनाको थप अनुसन्धान भइरहेको छ ।