वराहक्षेत्र : कालाबञ्जर बजारमा हैटा खोलाको पानी बस्ने र डुबान हुने वर्षौँदेखिको त्रास गत वर्षदेखि स्थानीयले भोग्नु परेको छैन ।

वराहक्षेत्र नगरपालिकाले वडा नं.५ स्थित कालाबञ्जर क्षेत्र भएर बग्ने हैटा खोलाको आकार दिन खोला भित्रका संरचना हटाए पछि स्थानिय कालाबञ्जरवासीहरू डुबानको त्रासबाट मुक्त भएका हुन् ।

नगरपालिकाले खोला भित्रका संरचना हटाउन एक्स्काभेटर नै प्रयोग गरेर खोलाको आफ्नो आकार दिएको थियो । खोला अतिक्रमण गरी १६ फिट भित्र बनेका एक दर्जन भन्दा बढी घर र घरका बरन्डाहरू त्यस्तै दर्जनको सङ्ख्यामा खोला भित्र परेका रुख बिरुवाहरू हटाइएको थियो ।

खोलाभित्र घर, टहरा तथा बरन्डाहरूका कारण पानीको बहावलाई ब्लक गरेर पानी बस्ती तथा सडकमा प्रवेश गरी बर्सेनि ठुलो मात्रामा धनजनको क्षति पुराइएको थियो । ४० वर्षदेखि समस्याको रूपमा रहेको उक्त हैटा खोला अतिक्रमणलाई नगरपालिकाले समाधान गर्न अतिक्रमण हटाउने कार्य गरेपछि वर्षाको समयमा खोलाको पानी बजारमा पर्ने त्रास हटेको स्थानीयहरू बताउँछन् ।

हैटा खोलाको बहाव क्षेत्र र खोलाको नक्सा मिचेर संरचना निर्माण भएको र नगरपालिकाले हटाउने कार्य उपलब्धि मूलक भएको स्थानीय चन्द्रबहादुर बस्नेतको भनाई छ । ४० वर्षदेखि खोलाभित्र घर, टहरा तथा बरन्डाहरूका कारण पानी बस्ती तथा सडकमा प्रवेश गरी बर्सेनि ठुलो मात्रामा धनजनको क्षति पुगिरहेको यसको समाधान गर्न नगरले अतिक्रमण हटाउनु राम्रो कार्य भएको उनको भनाई छ ।

कार्यभार सुरु गरे देखिनै सार्वजनिक स्थानको खोजी र अतिक्रमण गरी बनेका संरचना हटाउने कार्यमा लागि परेका वराहक्षेत्र नगरपालिकाका मेयर रमेश कार्कीले बताए । अतिक्रमण हटाए पछि हैटा खोलालाई सुन्दरता दिन नगरपालिकाले योजना बनाएको वडा अध्यक्ष रोहित काफ्लेको भनाइ रहरको छ ।

Kalabanjaar 2