विराटनगर : विराटनगर स्थित मोरङ जिल्ला प्रहरी कार्यालयले आर्थिक वर्ष २०८०/०८१ मा कुल ३२५ वटा लागुऔषध सम्बन्धी मुद्दा दर्ता गरिएको जनाएको छ ।

जिल्ला प्रहरी प्रमुख एसपी नवराज कार्कीका अनुसार उक्त मुद्दाहरूमा पक्राउ परेका ४३० जना मध्ये २६ जना महिला रहेको छन् । उक्त मुद्दाहरू मध्ये २३४ टुङ्गो लागेको छ ।

विराटनगरमा आइतबार कोशी प्रदेश प्रहरी कार्यालयद्वारा आयोजित ‘‘लागुऔषध दुर्व्यसन विरुद्ध आमाहरू’ अभियानको घोषणा कार्यक्रममा एसपी कार्कीले उक्त जानकारी दिएका हुन ।

उनका अनुसार उक्त अवधिमा कुल ५७८ ग्राम हिरोइन, २ हजार २२५ किलो गाँजा, ३ हजार १८३ एप्पुल, ५ हजार ६८ चक्की, ८१ दशमलव ४९० ग्राम चरेश बरामद गरिएको थियो ।

एसपी कार्कीले प्रहरीको एक्लो प्रयासले मात्रै लागूपदार्थ पूर्ण रूपमा नियन्त्रण गर्न गाह्रो भएका बताउँदै सबैको सहकार्य र समन्वयले जरुरी भएकोमा जोड दिए ।