धरान : धरान-१३ की ४२ वर्षीय लक्ष्मी राई विक, धनकुटा साँगुरीढी-२ का ३४ वर्षीय सुभाष नोयोहाङ र कार चालक केराबारी-५ का ३६ वर्षीय सुरेश लिम्बुलाई प्रहरीले १०१ गाँजा सहित आइतबार पक्राउ गरेको छ ।

कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाए अनुसार उनीहरूलाई विराटनगर-४ ईक्राहीबाट १०१ केजी गाँजा सहित प्रहरीले पक्राउ गरेको हो ।

मोरङ जिल्ला प्रहरी कार्यालयको प्रहरी टोलीले दिउसो ३ बजे बा ६ च ४६८९ नम्बरको कारमा लागुऔषध गाँजा ल्याउँदै गरेको सूचना अनुसार कारको चेकजाँच गर्दा उक्त परिमाणको गाँजा कारको डिकीबाट बरामद भएको जनाएको छ ।