धरान : खोटाङको साकेला गाउँपालिका-१ मा भोजपुरबाट दिक्तेल जाँदै गरेको ट्याक्टर पल्टिदा चालक २१ वर्षीय जीवन देउजाको मृत्यु भएको छ ।

कोशी प्रदेश प्रहरी कार्यालयले जनाए अनुसार मङ्गलवार दिउँसो प्रदेश २-०१-००१ त २०१५ नम्बरको ट्र्याक्टर अनियन्त्रित भई पल्टिदा ट्याक्टर चालक देउजाको घटनास्थलमै मृत्यु भएको हो ।