धरान : पूर्वी नेपालमा विदेश खाडी मुलुक बाहेक अध्ययनको लागि विदेश जाने चलन सुरुवात हुँदै गर्दा एक्सपर्ट एजुकेसन इटहरीमा खुल्यो । सन् २००३ मा अष्ट्रेलियाको सिड्नीमा सुरु भएको एक्सपर्ट २०१६ मा इटहरी आइपुग्यो । इटहरीमा शाखा विस्तार भएसँगै एक्सपर्टले नाम अनुसारकै सफलता पाउँदै गयो । 

२२ देशमा शाखा रहेको एक्सपर्टले विश्वका ४ सय भन्दा बढी विश्वविद्यालय सँग काम गरिरहेको छ । भर्खरै धरानमा नयाँ शाखा खोलेका एक्सपर्टका सञ्चालक कमल तिम्सिना निक्कै उत्साहित छन् । २०२३ को अन्तिम तिर धरानबाट सेवा विस्तार गरेका उनी केही समयमै एक सय भन्दा बढी विद्यार्थीलाई पढाउँदै छन् । 

विद्यार्थी र अभिभावकलाई सम्बन्धित विदेशको गाइडलाइन, पोलीसि, युनिभर्सिटीको अवस्था लगायत सम्पूर्ण बुझाएपछि मात्र विद्यार्थीको थप प्रक्रिया अगाडी बढाइने उनले बताए । अभिभावकलाई र विद्यार्थीलाई विश्वास दिलाएर भरपर्दो वातावरण सृजना गराउनु पहिलो उद्देश्य भएको उनले सुनाए ।

‘विद्यार्थी विदेश पुगेपछि अध्ययनरत रहँदा सम्म नियमित सम्पर्क गर्ने गरेका छौ । कलेज र युनिभर्सिटीले दिएको सेवा बारे पनि नियमित बुझिरहेका हुन्छौ । भिसा छिटो लगाएर मात्र पनि हुँदैन विद्यार्थीले सोचेजस्तो भविष्य बनायो कि बनाएन भन्ने पनि हामी निगरानी गर्छौ । अहिलेसम्मको प्रतिक्रियाले हामी उत्साहित छौँ,’ उनले भने । 

kamal-timshinaइटहरीबाट आईएलटीसको परीक्षा सुचारु गर्ने जानकारी गराएका उनले टोफेल र पिटिई पनि चालु भइरहेको बताए । विद्यार्थीलाई आजको भोली नै विदेश जाने भन्दा पनि समय लगाएर सुझबुझ पूर्ण तरिकाले तयारी गर्न आग्रह गरे । विदेशको तयारीमा प्रोपर्टी प्लान र एजुकेशनल प्लान लगायत विषयमा ध्यान दिन सुझाव दिन्छन् तिम्सिना । विद्यार्थीलाई समस्या नपरोस् भनेर जवको लागि बारिष्टा, हेयर कटिङ देखी अनिवार्य ड्राइभिङको वातावरण मिलाइदिएको उनले सुनाए ।

एक्सपर्टले अस्ट्रेलिया, अमेरिका, बेलायत, न्युजिल्याण्ड, क्यानडा लगायत देशमा अधिकतम सफलता पाउँदै आएको छ । विदेश गएका विद्यार्थीले पनि एकदमै खुसी साट्ने गरेको अनुभव सुनाउँदै तिम्सिनाले विद्यार्थीको मनोबल बढेको पाइरहेको बताए । एक्सपर्ट बाट विदेश गएका विद्यार्थीले आर्थिक र शैक्षिक रूपमा राम्रो प्रगति गरेको उनको भनाइ छ  ।

नियमित काम नपाउने समस्याको विषयमा उनले सिप र दक्षता सँग जोडेका छन् । दक्ष भएर वा हातमा सिप भएर विदेश जाने विद्यार्थीले धेरै तनावको स्थिति सामना गर्नू नपर्ने उनको भनाइ छ । विश्वव्यापी रूपमा पनि रोजगारीको समस्या देखिएको बताउँदै उनले अत्यधिक जनसङ्ख्याको कारण विदेशमा रोजगारी कम भएको हुनसक्ने विचार अनुमान गर्छन् ।

मुख्यतः कन्सल्टेन्सी छनौटमै ध्यान दिन उनले आग्रह गरेका छन् । ‘राम्रो काम गर्ने क्षेत्रमा पनि केही न केही नराम्रा प्रवृत्ति भएका मानिसहरू देखा पर्छन् । गलत मनसायबाट बच्नुपर्ने बेला भएको छ । विद्यार्थीले नै कन्सल्टेन्सी छनौट गर्दा एकदमै सुझबुझका साथ अगाडी बढ्नुपर्छ । पैसा कम तिर्नुपर्ने भएपछि त्यतै लाग्ने हैन । भरपर्दो र विश्वासिलो कन्सल्टेन्सीबाट प्रोसेस गर्दा धेरै फाइदा हुन्छ,’ थप प्रस्ट पार्दै उनले भने ।  

इमिग्रेसन पोलिसिको बारेमा र युनिभर्सिटीको बारेमा थाहा नपाएको कन्सल्टेन्सीको कारण समस्या आएको उनले सुनाए । विद्यार्थीलाई ठगिन बाट बचाउनकै लागि पूर्वका महत्त्वपूर्ण सहरमा शाखा खोलिएको उनले प्रस्ट पारे ।

इटहरीको भर्जिन मार्केटबाट सुरु गरेका तिम्सिनाले विराटनगरको स्थापित बजारमा पनि एक्सपर्टलाई सफल बनाएका छन् । पछिल्लो समय धरानमा पनि पर्याप्त अवसर भएको उनले बुझेका छन् ।

लामो अनुभव भएको परामर्शदाता संस्था भएको हुँदा विना झन्झटिलो प्रक्रियाबाट काम गरिरहेका छन् । विद्यार्थीको प्रोसेस बापतको रकम नलिने बताएका उनले दक्ष जनशक्तिबाट सेवा प्रदान गर्ने गरिएको बताए । उनका अनुसार हाल धरानमा मात्र १२५ विद्यार्थीले प्रोसेस गरिरहेका र यही सिजनमा ५सय भन्दा बढी विद्यार्थी विदेश जाने तयारीमा रहेका छन् ।

expert-dharan-branch-buildi