वराहक्षेत्र : नेपाल राहत शिक्षक समिति सुनसरीको अध्यक्षमा दीपेन्द्र राय चयन भएका छन् ।

समितिको पाचौ जिल्ला सम्मेलनबाट राय अध्यक्षमा चयन भएका हुन् ।

कार्यसमिति छनोट समितिका सदस्य सरिता नेपालका अनुसार जिल्ला समितिको अध्यक्ष राय सहित, १ सह-अध्यक्ष, १ उपाध्यक्ष, १ सचिव, ३ सहसचिव, १२ वटा पालिकाबाट १-१ जना सदस्य त्यस्तै, ७ जना प्रदेश प्रतिनिधि र ९ जना केन्द्रीय प्रतिनिधि चयन गरिएको छ । सम्मेलन इनरुवामा सम्पन्न भएको थियो ।

चयन भएका समितिका पदाधिकारीहरूलाई छनोट समितिका संयोजक राहत शिक्षक समितिका केन्द्रीय सह-अध्यक्ष कृष्ण राज बिस्ट, सदस्य सरिता नेपाल, गुरु प्रसाद अधिकारी, जानुका काफ्ले र डिपि ढुगेलले पदभार ग्रहण गराएका थिए ।