धरान : पिण्डेश्वर विद्यापीठ र पिण्डेश्वर संस्कृत विद्यालयलाई बगैँचा जस्तै बनाउन रोटरी क्लब अफ घोपाले फलफूलका बोटबिरुवा रोपेको छ ।

विजयपुर धरान-१४ स्थित नारायणपुर संस्कृत विद्यालय र पिण्डेश्वर विद्यापीठ हातामा क्लबले वृक्षारोपण गरेको हो ।

विद्यालय र विद्यापीठ परिसरमा क्लबले फलफूलका २ सय बिरुवा रोपेको छ । रोपिएका बिरुवाहरूमा लिची, एभोकाडो, चिउरी, जामुन रहेको अध्यक्ष गौरभमान श्रेष्ठले बताए । वृक्षारोपणले जलवायु परिवर्तनको असर कम गर्न सकारात्मक सन्देश पनि दिने उनको भनाई छ ।

वृक्षारोपण संयोजक प्रदीपकुमार श्रेष्ठका अनुसार विद्यापीठ र विद्यालय दुवै आवसित भएकोले होस्टेलका विद्यार्थीहरूलाई लक्षित गरी फलफूलको बिरुवा रोपिएको हो ।

कार्यक्रममा प्राडा चन्द्रमणि नेपाल, कोसी प्रदेश सभा सदस्य यशोदा कायस्थ, क्लबका पदाधिकारी लगायत सहभागी थिए ।

Pindeshwor Bidhyapith Brichyaropan 2

Pindeshwor Bidhyapith Brichyaropan 3