धरान : वर्षायाम र प्रचण्ड गर्मीको बेला मातृ तथा शिशुको स्याहारमा लापरबाहीबाट बढ्ने जोखिमका बारेमा रोटरी क्लब अफ धरान घोपाले आज मङ्गलवार आमाहरूको लागि सचेतना कार्यक्रम गरेको छ ।

धरान-१६ सुनौलो बस्तीका नवजात शिशुका आमाहरूलाई बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका चिकित्सकहरूले अहिलेको मौसममा आफ्नो र नवजात शिशुको स्याहारका बोरेमा सचेतना मूलक अनुशिक्षण दिएका हुन् ।

कार्यक्रममा नवजात शिशुका आमाहरू सहित १५० जना स्थानीय सेवाग्राही सहभागी भएका थिए । सुनौलो बस्ती स्थित स्वास्थ्य चौकमा आयोजित कार्यक्रममा प्रतिष्ठानका दन्त सम्बन्धी डाक्टरहरूले स्थानीय समुदायको दन्त परीक्षण पनि गराएका छन् ।

दन्त परीक्षण गराउनेहरूको सङ्ख्या ७० रहेको रोटरी अफ घोपाका सदस्य सागर प्रसाईँले बताए । उनका अनुसार हरेक वर्ष जुलाई ३० तारिखमा रोटरी क्लबले विविध कार्यक्रम गर्दै आएका छन् ।

कार्यक्रमको सभापतित्व वडा १६ का अध्यक्ष मुरारीप्रसाद भट्टराईले गरेका थिए । संयोजक रोटरियन सुनिता रिजाल थिइन् ।

Rotary Club Dharan 2