काठमाण्डौं : काठमाण्डौंको नयाँ बसपार्कमा सुनसरीका एक युवा मृत अवस्थामा फेला परेका छन् ।
काठमाडौं महानगरपालिका वडा नम्बर २६ नयाँ बसपार्कको ३ नम्बर गेटनजिकै केही महिनादेखि पार्किङ गरी राखेको बा २ ख २३४४ नम्बरको बसभित्र सुनसरी इटहरी उपमहानगरपालिका-१३ घर भएका ३७ वर्षीय प्रह्लाद अधिकारी मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी तथा प्रवक्ता नवराज अधिकारीले जानकारी दिए ।
शवको प्रकृति हेर्दा उनको ४/५ दिन अघि नै मृत्यु भएको हुन सक्ने प्रहरीको अनुमान छ । शवलाई पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल पठाइएको एसपी अधिकारीले बताए ।