चतरा : वराहक्षेत्र-८ शिवशक्ति थापा टोलकी २७ वर्षीय युवती एलिसा महत्वलाई सोमवार राती प्रहरीले प्रतिबन्धित लागुऔषध ट्रमाडोल सहित पक्राउ गरेको छ ।

उनको घरबाट लागुऔषधको कारोबार हुने गरेको सूचनाको आधारमा इलाका प्रहरी कार्यालय चक्रघट्टीका प्रमुख प्रहरी निरीक्षक विकास राईको टोलीले घरमा छापा मारेको थियो ।

घरकोठा खानतलासी गर्दा कोठाबाट ट्रमाडोल हाइड्रोक्लोरि क्याप्सुल आइपी ५० एमजी लेखिएको ८२६ क्याप्सुल सहित नेपाली रुपैयाँ २ हजार ३८० बरामद गरिएको प्रहरी निरीक्षक राईले बताए ।

पक्राउ गरिएकी एलिसा महत्वलाई जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धानको लागि नियन्त्रणमा राखिएको छ ।

pakrau 081-04-16 2nd