वराहक्षेत्र : वराहक्षेत्र नगरपालिकाको वडा नं १० प्रकाशपुर स्थित वडा कार्यालय परिसरको पुरानो भवनमा शारीरिक सुगठन केन्द्र (व्यायामशाला), वडा नं १० को कार्यालयले सञ्चालनमा ल्याएको ट्याक्टर तथा प्रकाशपुर स्वास्थ्य चौकीमा निर्माण भएको खोप केन्द्रको उद्घाटन गरिएको छ ।

नगरपालिकाको १० लाख बजेटबाट युवाहरूलाई लक्षित गरी तयारी गरिएको शरिरिक सुगठन केन्द्र (व्यायामशाला), सरसफाइ लगायतका सेवा दिन वडाले खरिद गरेको ट्याक्टर र प्रकाशपुर दुग्ध सहकारी संस्थाको सामाजिक विकास कोषको रकमबाट निर्माण भएको खोप केन्द्रको बिहीबार औपचारिक रूपमा उद्घाटन गरिएको हो ।

व्यायामशाला, ट्याक्टर र खोप केन्द्र भवनको नगर प्रमुख रमेश कार्की र वडा अध्यक्ष तेजबहादुर गुरुङले संयुक्त रूपमा उद्घाटन गरेका थिए । उद्घाटन कार्यक्रममा वडाका जनप्रतिनिधिहरू, राजनैतिक दलका प्रतिनिधिहरू, प्रकाशपुर दुग्ध सहकारीका पदाधिकारीहरू, प्रकाशपुर स्वास्थ्य चौकीका कर्मचारी तथा स्थानिय सरोकारवाला, समाजसेवीहरूको सहभागिता रहेको थियो ।

byayamshala 2