इटहरी : पूर्व पश्चिम राजमार्ग अन्तरगत इटहरीको मुख्य चोकमा दुर्घटना भएको छ । पूर्वबाट पश्चिम तर्फ जाँदै गरेको ट्रकको ठक्करले एक साइकल यात्रीको घटनास्थलमै मृत्यु भएको हो ।

पूर्वबाट आएको प्र १-०२ -००१ ख ९२९४ नम्बरको ट्रकको ठक्करले साइकल यात्रीको टाउको क्षतविक्षत भएपछि मृत्यु भएको हो ।

खाली रहेको ट्रकका चालक गोबुन्द बहादुर तामाङलाई इलाका प्रहरी कार्यालयले नियन्त्रणमा लिएको छ । ट्रकलाई जिल्ला प्रहरी कार्यालय इनरुवा पुर्‍याएको र मृतकको सनाखत बारे खोजी भइरहेको प्रहरीले जनाएको छ ।