धरान : धरानमा अमर पोलिक्लिनिकमा बच्चा जन्मनु अघि नै अनुहार हेर्न सकिने, कलेजोमा बोसोको मात्रा पनि हेर्न सकिने फोर डी भिडियो एक्स-रे मेशिनबाट सेवा सुरु गरेको छ ।

आइतबार धरान-१८ स्थित पोलिक्लिनिकमा डा. रक्षा भट्टराई र डा. विकास कुमार गुप्ताले संयुक्त रूपमा उद्घाटन गर्दै अत्याधुनिक फोर डी भिडियो एक्स-रे मेशिनबाट सेवा सुचारु भएको हो ।

पोलिक्लिनिकले १ करोड मूल्य बराबरको सामसुङ कम्पनीको भि सिक्स मोडलको पछिल्लो हाई भर्सन फोर डी भिडियो एक्स रे मेशिन खरिद गरी सेवा सुचारु गरेको सञ्चालक  पुनम सुब्बाले जानकारी दिइन् ।

उनले पोलिक्लिनिकबाट  विशेष गरेर गर्भवती महिलालाई ,गर्भ अवस्थामा रहेको शिशु पुर्णरुपमा स्वास्थ्य छ, छैन भनेर हेर्न सकिने बताइन । उनले यो सेवा धरानमा पहिलो पटक सुरु हुन लागेको बताइन ।

यो मेसिन र सेवा हालसम्म काठमाडौँ र विराटनगर मात्रै  उपलब्ध रहेको पनि उनले बताइन् ।

फोर डी भिडियो एक्स रे मेशिनले गर्भअवस्थामा रहेको शिशुको शारीरिक अवस्था कस्तो छ भनी हेर्न सकिनेछ, सञ्चालिका सुब्बाले गर्भमा रहेको बच्चाको शारीरिक बनावट, अनुहार बुबा वा आमा मध्ये को जस्तो देखिन्छ भनेर जन्मनु अघि नै स्क्रिनमा देख्न सकिने सुविधा रहेको बताइन् ।

कलेजो सम्बन्धी ईलास्ट्रोग्राफि सेवा प्रदान गर्ने सञ्चालिका सुब्बाले बताइन् । उनले मेशिनबाट कलेजोमा बोसोको मात्रा कति छ । कलेजो कति प्रतिशत राम्रो छ भनेर हेर्न सकिने बताइएको छ ।

'कलेजो कतिको फेल भएको छ, कति प्रतिशत राम्रो छ भनेर यही मेशिनबाट हेर्न सकिन्छ' पोलिक्लिनिक सञ्चालिका सुब्बाले बताइन ।

उक्त मेशिनबाटै मुटुको भिडियो एक्स रे सेवा पनि सञ्चालनमा आउने पोलिक्लिनिकले जानकारी दिएको छ । पोलिक्लिनिक वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको गेटबाहिर रहेका छ ।

उक्त क्लिनिकमा रेडियोलोजिस्ट डा. रक्षा भट्टराईले नियमित १० देखि ४ बजेसम्म सेवा दिने भएकी छिन् । उनले बीपी प्रतिष्ठानबाट रेडियोलोजिस्टमा एमडि गरेकी हुन भने उनी  प्रतिष्ठानको सिएम सर्टिफिकेट अफ मेरिट होल्डर समेत हुन ।

Amar-clicnic-3Amar-clicnic-123