धरान : घरको लाइनमा बिजुलीको एक भन्दा बढी कामको लागि प्रयोग गरिने मल्टिप्लगमा तार जोड्दा करेन्ट लागेर एक किशोरको मृत्यु भएको छ ।

कोशी प्रदेश प्रहरी कार्यालयले जनाए अनुसार मृत्यु हुनेमा मोरङको जहदा गाउँपालिका-५ का देवानन्द महतोको १५ वर्षीय छोरा भरत महतो छ ।

घरमा मङ्गलवार साँझ मल्टिप्लकमा तार जोड्ने क्रममा आचानक करेन्ट लाग्दा उनी घाइते भएका थिए । उपचारको लागि गोल्डेन अस्पताल विराटनगर लगिएकोमा उनको अस्पताल पुर्याएपछी मृत्यु भएको हो ।

घटनाको बारेमा जिल्ला प्रहरी कार्यालय मोरङले थप अनुसन्धान गरिरहेको छ ।