इटहरी : इटहरीको दर्शन मोबाइल सेन्टरले उद्घाटनको अवसर पारेर मोबाइलको टेम्पर ग्लास निःशुल्क फेर्ने अवसर ल्याएको छ । साउन ३० गते बुधवार उद्घाटन हुन लागेको मोबाइल सेन्टरले एक महिनासम्म भ्रमण गर्ने ग्राहकलाई एयर वड र मेक ब्यान्ड पनि निःशुल्क उपहार दिने योजना ल्याएको हो ।

उद्घाटन भएपछि २ हजार जनालाई कुनै सामान खरिद नगरे पनि टेप्पर ग्लास फेरिने सञ्चालक सहदेव खड्काले बताए । उनका अनुसार सुरुमा १ सय जनालाई म्याक ब्यान्ड र ५० जनालाई निःशुल्क एयर बड उपलब्ध गराइने भएको छ ।

पसल भ्रमण गर्ने जो कोहीले पनि लक्की ड्रमा सहभागी हुन पाउने व्यवस्था मिलाइएको खड्काले बताए । लक्की ड्र मार्फत स्कुटर उपहार प्रदान गर्न लागिएको उनको भनाइ छ ।

अर्का सञ्चालक रामचन्द्र खड्काले अत्याधुनिक ल्याब र उच्च प्रविधि प्रयोग गरेर मोबाइल मर्मतको व्यवस्था मिलाइएको बताए। मोबाइल एक्सचेन्ज अफर मार्फत आइफोन लगायत सम्पूर्ण कम्पनीका फोन एक्सचेन्ज गरिने उनको भनाइ छ ।

यसअघि पथरीमा चाँदनी मोबाइल र बेलबारीमा आरसी मोबाइल सेन्टरको सफल व्यवसाय सँगै इटहरीमा दर्शन मोबाइल सेन्टर सञ्चालनमा आएको हो ।