इटहरी : नेपाली काँग्रेसको पन्ध्रौँ महाधिवेशनको मिति तय नभए पनि विराटनगर महानगर समितिले क्रियाशील सदस्यता नवीकरण लगायत कार्यक्रममा सक्रियता देखाएको छ । क्रियाशील सदस्यलाई प्रशिक्षण देखी पुराना क्रियाशीलको नवीकरणमा टोल समिति सम्म काँग्रेस सक्रिय भएको हो।

महानगर सभापति दीपक चापागाँइले महाधिवेशनको पूर्व तयारी भन्दापनि काँग्रेसको नियमित कार्यक्रम अन्तरगत सदस्यहरूलाई जागृत गराउने काम भएको बताए । केन्द्रबाट कार्डहरू आइसकेका हुँदा सात दिन भित्र नवीकरण सक्नुपर्ने भएपछि सोही अनुसार गरिएको जानकारी दिए ।

नयाँ सदस्यको लागि पुराना सदस्यको पच्चीस प्रतिशत थप गर्न पाउने प्रावधान अनुसारै अगाडी बढ्ने उल्लेख गरे । टोलसम्म पुगेर काँग्रेस भित्रको आन्तरिक समस्या सङ्कलन गर्ने र नगरबाट हुनसक्ने समाधानको विषयमा जोडका साथ काम गर्ने उनको भनाइ छ ।

महाधिवेशनको पूर्व सन्ध्यामा टोल देखी वडा समितिलाई सक्रिय बनाउने आफ्नो बाचा पुरा गर्न अग्रजलाई सम्मान र नयाँलाई अवसरको नीति ल्याएको चापागाँइले बताएका छन् ।