धरान : कवियत्री दीपा राई पुनकी आमा विमला राईलाई मौलशोभा आमा सम्मान गरिने भएको छ ।

प्रत्येक वर्ष समाजसेवी, साहित्यकार, कलाकार, संस्कृति, आर्थिक, र राजनीतिक क्षेत्रमा योगदान पुर्‍याउने व्यक्तिहरूका आमालाई प्रदान गरिने उक्त पुरस्कार विमलालाई दिइने भएको हो ।

आउँदो कात्तिक २९ पुरस्कार प्रदान गरिने संस्थापक अनलाइन अभिलेख प्रालिका डा.पूरण राईले बताए । पुरस्कार उनकी आमा मौलशोभा राईको नाममा स्थापना गरिएको हो । पुरस्कार राशि ५० हजार रुपैयाँ र ताम्रपत्र छ ।

दीपा राई पुनबाट नेपाली साहित्यमा ठुलो योगदान हुनुमा उनकी आमाको विशेष भूमिका रहेकोले पुरस्कृत गरी सम्मान प्रदान गर्न लागिएको बताइएको छ।