धरान : धार्मिक तथा राजनीतिक अतिवादी समूहहरूको चलखेल बढ्ने सम्भावनालाई ध्यानमा राखेर सुनसरी जिल्लामा धार्मिक, सामुदायिक बेमाल बढाउने अभिव्यक्ति र गतिविधिका कार्य नगर्न आग्रह गरिएको छ।
सुनसरी जिल्ला प्रशासन कार्यालयद्वारा आज बुधवार जारी सूचनामा ‘तत्कालका लागि आ-आफ्ना परम्परा र रीतिरिवाज अनुसार गर्नुपर्ने कार्यक्रम बाहेक सामूहिक भेला जम्मा नहुन’ अनुरोध गरिएको हो ।
सूचनामा ‘छिमेकी मित्रराष्ट्र बङ्गलादेशमा विकसित राजनीतिक घटनाक्रमलाई लिएर विभिन्न धार्मिक तथा राजनीतिक अतिवादी समूहहरूले चलखेल गर्ने सम्भावनालाई मध्यनजर गर्दै’ सबै धार्मिक समुदाय र संस्थाहरूलाई संयतता अपनाउन र बेमेल बढाउने कुनै खालका अभिव्यक्ति र गतिविधि नगर्न आग्रह गरिएको छ ।
सुनसरी जिल्ला प्रशासनले सोमवार जिल्लामा बसेको सर्वपक्षीय भेलाले उक्त निर्णय भएको जनाउँदै सम्बद्ध सबै पक्षलाई हार्दिक अनुरोध गरिएको जनाएको छ ।
CDO notice