धरान : बिजुलीको पोलबाट तार तानेर माछा मार्दा करेन्ट लागेर झापा हल्दीबारी-४ का ३३ वर्षीय नरेश मोक्तानको मङ्गलवार साँझ मृत्यु भएको छ ।

घर नजिकैको पैनीमा करेन्ट लगाएर माछा मार्न बिजुलीको पोलबाट तार तानेर माछा मार्ने हुँदा करेन्ट लागेका मोक्तान गम्भीर घाइते भएका थिए ।

घाइते अवस्थामा उपचारको लागी बी एण्ड सी अस्पताल बिर्तामोड लैजाँदै गर्दा उनको बाटैमा मृत्यु भएको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

मङ्गलवारै राती साढे ८ बजे विद्युतीय मोटर जडान भएको कल चलाउँदा सुनसरीको हरिनगर–२ का ६० वर्षीय समुद्धिन मियाँको करेन्ट लागेर मृत्यु भएको छ ।

करेन्ट लागेर घाइते भएका उनलाई घाइते अवस्थामा उपचारको लागी गोल्डेन अस्पताल विराटनगर पुर्याउदा डाक्टरले मृत घोषित गरेको हो ।