पथरी : पथरी शनिश्चरे बजारका ४ वटा औषधी पसलहरूमा शिलबन्दी गरेको छ । नगरपालिका, इलाका प्रहरी कार्यालय र औषधि व्यवस्था विभाग विराटनगरको संयुक्त टोलीले अनुगमनको क्रममा हिजो बिहीबार शिलबन्दी गरेको हो ।

उपप्रमुख देविमाया काफ्लेको नेतृत्वमा भएको अनुगमन टोलीले शिलबन्दी गरेको औषधि पसलहरू वडा-९ पुलचौकको देवराज आचार्यको औषधि पसल, वडा ७ बकैना डाँडा स्थित प्रेम लिम्बुको औषधि पसल सिल गरिएको छ ।

दुवै औषधि पसलको दर्ता प्रमाण-पत्र नभएको र मिति सकिएका औषधिहरू पसलमा भेटिएकोले सिल गरिएको औषधि व्यवस्था विभाग विराटनगरका फार्मेसी अधिकृत अनिल परियारले बताए ।

यसैगरी वडा ६ भातेगौडा स्थित औषधि पसल र वडा ४ सम्झना चौकमा रहेको औषधि पसल हेमराज चन्द्रवंशीले सञ्चालन गरिरहेको खुल्न आएको छ । दुवै स्थानका औषधि पसलमा सिल गरिएको छ ।

अनुगमन टोलीमा इलाका प्रहरी पथरीका प्रमुख मोहनविक्रम दाहाल, नगरका स्वास्थ्य शाखा सिनियर अहेव एकराज खत्री, जनप्रतिनिधिहरू, नगर प्रहरी थिए ।