धरान : धरान उपमहानगरपालिका प्रमुख हर्क साम्पाङले धरान-१३ मा खहरे खोला नियन्त्रणका लागि ग्याबिन लगाएको कुराबारे आफूलाई केही थाहा नभएको बताउँदै आए पनि ग्याबिन लगाउनु अघि भएको पत्राचार सहित सबै कुरा थाहा भएको वडाध्यक्ष नेत्र काफ्लेले दाबी गरेका छन् ।
वडाध्यक्ष काफ्ले प्रमुख साम्पाङको त्यस्तो भनाइको झुठो भएको बताउँदै भने ‘मेयर साम्पाङले फण्डा गर्न थाहा नभएको बताएका मात्र हुन,उनी फण्डा गर्न सिपालु मेयर समेत हुन ।’
धरान-१३ अमर बस्ती (क)को ग्याविन भत्काएको प्रकरण पेचिलो बन्दै गएको बेला वडाध्यक्ष काफ्लेले धरान उपमहानगरपालिकाले पत्र बुझेको तथ्य फेला परेको बताएका हुन ।
कोशी प्रदेश खानेपानी सिँचाइ  तथा ऊर्जा मन्त्रालय अन्र्तगत जलश्रोत तथा सिचाई विकास डिभिजन खहरे खोला नियन्त्रण गर्न २० लाख बजेटमा दिएको थियो ।
जलश्रोत तथा सिचाई विकास डिभिजन कार्यालयले योजना कार्यान्वयन गर्न धरान उपमहानगरपालिकामा च.नं. ४०२ मार्फत २०८० चैत्र ७ गते पत्राचार गर्दे जानकारी पठाएको छ ।
सिचाई डिभिजन प्रमुख आनन्द झाले उपमहानगरपालिकाका योजना तथा इन्जिनियरिङ महाशाखाका वरिष्ठ इन्जिनियर सुरज श्रेष्ठलाई आफै आएर पत्र बुझाएको झा आफैले बताएका छन् ।
उक्त योजना बारे प्रमुख हर्क साम्पाङलाई सामाजिक सञ्जाल ह्वाटस एप समेतबाट पत्र पठाएको र मेयर साम्पाङले हेरेर प्रतिक्रिया समेत दिएको प्रमुख झाले दाबी गरेका छन् ।
योजना तथा इन्जिनियरिङ महाशाखाका वरिष्ठ इन्जिनियर श्रेष्ठले समेत पत्र आफैले बुझेको बताएका छन् । उनले भने ‘मेयर साबलाई समेत जानकारी दिएको थियो ।’
तर नगर प्रमुख साम्पाङले सामाजिक सञ्जालमा खहरे खोलामा ग्याबिन लगाएको विषयमा आफूलाई जानकारी नआएको र पत्रका बारेमा थाहा नभएको बताउँदै आएको बारेमा वडाध्यक्ष काफ्ले दुःख प्रकट गरे ।
उनका अनुसार पत्र योजना शाखाले बुझे पनि प्रमुख साम्पाङको ९८५२०४५६०० मा ह्वाटएपमा म्यासेज पठाएका थिए । वडा अध्यक्ष काफ्ले भने 'मेयरले फण्डा गर्न थाहा नभएको बताएका मात्र हुन ।'
सार्वजनिक सम्पत्ति ग्याविन भत्काएको घट्नामा नगर प्रहरीका असई सुरेश मग्राती र सार्वजनिक सम्पत्ति भत्काएकोमा साउन २३ गते धरान १३ का ४३ वर्षीया भारती राई, ३५ वर्षीया राज कुमार राई र ३० वर्षीया पारु राई पक्राउ परेका छन् ।
division-office-letter