• दिपक पुरी

नडाहा : विद्यार्थीहरूमा ज्येष्ठ नागरिकप्रति कर्तव्य बोधका साथै वक्तृत्व क्षमता प्रोत्साहित गर्न वराहक्षेत्र प्याब्सनले ‘ज्येष्ठ नागरिकप्रति हाम्रो भूमिका’विषयक वक्तृत्वकला प्रतियोगिता गरेको छ ।

अन्तर माध्यमिक विद्यालय प्रतियोगितामा वराहक्षेत्र स्थित संस्थागत विद्यालयहरूका विद्यार्थीहरू सहभागी थिए । प्रतियोगिता भरौल बाल मन्दिर इङ्लिस स्कुलमा शुक्रवार भएको हो ।

प्रतियोगितामा वराहक्षेत्र-३ नडाहा भरौल बाल मन्दिर इङ्लिस स्कुलकी सरिना राई प्रथम भइन् । दोस्रो स्थान वराहक्षेत्र-८ बाघझोडाको जीवन ज्योति इङ्लिस स्कुलकी अनुष्का बस्नेत, तेस्रो स्थानमा वराहक्षेत्र–१० प्रकाशपुरको जय सप्तकोसी इङ्लिस स्कुलकी सन्डिना कार्कीले हासिल गरिन् ।

प्रतियोगितामा चतराको आइरिस बराह एकेडेमीकी दृष्टि राईले सान्त्वना पुरस्कार पाइन् ।

वराहक्षेत्र प्याब्सन सचिव खेमराज राईका अनुसार प्रतियोगितामा विजेता र उपविजेता हुने सरिना राई र अनुष्का बस्नेत जिल्ला स्तरीय प्याब्सन वक्तृत्वकला प्रतियोगितामा सहभागी हुनेछन् । प्रतियोगिता भदौ ७ गते हुँदैछ ।

आईरिस बराह एकेडेमी, बराह राईजिङ्ग स्टार इङ्लिस स्कुल, स्काई इङ्लिस स्कुल, भरौल बाल मन्दिर इङ्लिस स्कुल, सिद्धार्थ मेमोरियल इङ्लिस स्कुल, जीवन ज्योति इङ्लिस स्कुल, राजाबास इङ्लिस स्कुल जय सप्तकोसी इङ्लिस स्कुल, डिभाइन लाइट एकेडेमी समेत ९ वटा संस्थागत विद्यालय सहभागी थिए ।

प्याब्सन अध्यक्ष कृष्ण तामाङको सभापतित्वमा भएको प्रतियोगितामा प्याब्सन सुनसरी उपाध्यक्ष विजयकुमार राई प्रमुख अतिथि थिए । सञ्चालन सचिव खेमराज राईले गरेका थिए ।