धरान : धनकुटाबाट ट्रकमा ढुवानी गरेर धरान ल्याउँदै गरेको १४२० केजी गाँजा धरान-धनकुटा सडकको धरान-१३ सारंगा मोडमा आज बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय धरानको प्रहरी टोलीले गाँजा र ट्रक सहित प्रहरीले २ जनालाई नियन्त्रणमा लिएको हो । उक्त परिमाणमा गाँजा पक्राउ परेको अहिले सम्मको ठुला परिमाण भएको प्रहरीले जनाएको छ ।

कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाए अनुसार पक्राउ पर्नेमा मोरङको सुन्दर हरैँचा-७ गछियाका ३४ वर्षीय राजकुमार दाहाल र धनकुटाको सहिदभुमी गापा-७ का ४१ वर्षीय भूपेन्द्र राई छन् ।

प्रहरीलाई प्राप्त पूर्व सूचनाको आधारमा खटिएको प्रहरी टोलीले को १ ख ४७३३ नम्बरको ट्रकलाई सारंगामा रोकेर चेकजाँच गर्दा ट्रकमा मुलाको बोरा सँगै लोड गरिएको ४४ वटा सेतो बोरामा ल्याएको गाँजा बरामद भएको हो ।

पक्राउ परेको लागुऔषध गाँजा, ट्रक र दुई जनाका बारेमा इलाका प्रहरी कार्यालय धरानबाट आवश्यक अनुसन्धान भई रहेको जनाइएको छ ।

gaja-truck